
काठमाण्डु, ३० वैशाख – नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो ।
यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए ।