काठमाण्डु,२१ मंसिर–पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको बताए । स्वीट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेञ्चमा राख्नुलाई धेरैले अनेक तरिकाले व्याख्या गरिरहँदा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेञ्चमा राखेर गोन्सालो रामोसलाई खेलाउनु टिम रणनीतिको हिस्सा भएको बताएका छन । पोर्चुगलले समूह चरणमा दक्षिण कोरियासँग...
झापा,२१ मंसिर– झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन । कन्काई नगरपालिका–८ मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक राउतको मृत्यु भएको हो । मृतक राउतको बिर्तामोडस्थित...
काठमाण्डु,२१ मंसिर– कांग्रेसका नेता तथा काठमाण्ड–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधबार ललितपुरस्थित काठमाण्डु चक्रपथ सुधार योजनाको गरेका कार्यालयमा बेल्दै उनले यस्तो बताएका हुन । उनले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको पनि जानकारी लिएका...
काठमाण्डु,२१ मंसिर– सरकारले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी,...
काठमाण्डु,२१ मंसिर– सर्वोच्च अदालतले संसद सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ । सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले बुधबार संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै तत्काल जानकारी उपलब्ध गराउनु पर्ने बताएका छन ।...
काठमाण्डु,२१ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन । पेश गरिएको...
काठमाण्डु,२१ मंसिर– आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । तर नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । जबरलाई अवरोध गर्ने तयारी गरेपछि यतिखेर जबराका समर्थकहरु पनि अदालत पुगेका...
काठमाण्डु,२१ मंसिर– सरकारका प्रवक्ता एवंम् सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । उनले यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने बताएका छन । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र...
काठमाण्डु,२१ मंसिर– हुम्लामा तारा एयरको जहाज चरा सँग ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका...
काठमाण्डु,२१ मंसिर– नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ...
काठमाण्डु,२१ मंसिर– संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ । मङ्सिर २१ गते बुधबार संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो । संघीय संसदका महासचिव...
काठमाण्डु,२१ मंसिर– सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमुलक भएको बताएका छन । उनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताएका छन । आज बुधबार पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘संसद अधिवेशन बस्न बाँकी...