सर्वोच्च गेटमा नेपाल बार एशोसिएसनको धर्ना

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १४:४८ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा सहभागी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us