चोलेन्द्रशम्शेरविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै छ: सञ्चारमन्त्री कार्की

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १५:२५ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– सरकारका प्रवक्ता एवंम् सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् ।

उनले यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने बताएका छन । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा रहेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले यस्तो बताएका हुन । उनले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us