एजेन्सी– भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिन सुरु गरेको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर...
काठमाण्डु,२२ मंसिर– एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा आफु पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा...
काठमाण्डु,२२ मंसिर– नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । उनले आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता कुनै हालतमा नहुने उनले बताएका छन । उनले भने,...
काठमाण्डु,२२ मंसिर– एमालेकौ उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे । उनले भने–...
काठमाण्डु,२२ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । आज (बिहीवार) ज्यापु संस्कृति विकास कोषले १९औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाण्डुमा आयोजना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । देउवाले ज्यापु...
काठमाण्डु,२२ मंसिर– धादिङको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका छन । उनको उपचारका...
काठमाण्डु,२२ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि भएका छन । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुको असन्तुष्टि बढ्एको छ...
काठमाण्डु,२२ मंसिर– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बोलाएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं...
काठमाण्डु,२२ मंसिर– प्रहरीले तेह्रथुमबाट १६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जानकारी दिएको छ । उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका...
काठमाण्डु,२२ मंसिर– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । ४ मंसिरमा भएकोल प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस...
सेन्जेन, २२ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो...
काठमाण्डु,२२ मंसिर– एमालेले सचिवालय बैठक शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।...