
संखुवासभा, २४ जेठ–सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
त्रिनगर नाकामा तीन र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए ।
‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ’, उनले भने । यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।