
काठमाण्डु,२२ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् ।
आज (बिहीवार) ज्यापु संस्कृति विकास कोषले १९औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाण्डुमा आयोजना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन ।
देउवाले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण हामी सबैले गर्नुपर्ने बताएका छन । उनले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए ।
दउवाले भने, ‘काठमाण्डु उपत्यकाको कला, संस्कृति र सभ्यताको बिकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ ।
ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमुल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।
यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो।’ उनले उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गरेका छन ।
प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।