
काठमाण्डु,२१ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन ।
पेश गरिएको उक्त पत्रमा असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनु पर्ने माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्य अनन्तराज लुइँटेलले बताएका छन ।