
काठमाण्डु,२१ मंसिर– आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् ।
तर नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । जबरलाई अवरोध गर्ने तयारी गरेपछि यतिखेर जबराका समर्थकहरु पनि अदालत पुगेका छन् ।
जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारा बराल रहेकी छन । प्रहरीका अनुसार सम्भावित तनावलाई रोक्न बराललाई नियन्त्रणमा लिइएको हो ।