उपराष्ट्रपति निर्वाचनः स्त्तारुढ १० दलबीच भएन सहमति

२०७९ चैत १ गते २०:२३

काठमाण्डु, १ चैत– उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बुधबार साँझ बसेको सत्तारुढ १० दलको बैठक बिनानिस्कर्ष सकिएको छ । बैठकमा सत्तारुढ घटकबीच एउटै उम्मेदवारका पक्षमा मतदान गर्नेबारे सहमति खोज्ने प्रयासमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले साझा उम्मेदवार...

रामसहाय यादवलाई साझा उम्मेदवार बनाउन चार दल सक्रिय

२०७९ चैत १ गते १८:३४

काठमाण्डु,१ चैत– उपराष्ट्रपतिमा एक मात्र उम्मेदवार तय गर्न सत्ता गठबन्धनका चार दल सक्रिय भएका छन् । सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि मतदाताहरु अन्योलमा रहेका छन । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिका लागि उम्मेदवार उठाएका छन् । जसपा र जनमत...

माओवादी निकट शिक्षक संघको अध्यक्षमा पुनः अधिकारी

२०७९ चैत १ गते १८:१८

काठमाण्डु,१ चैत– नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित भएका छन् । सङ्गठनको आज बुधबार भएको छैठौ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्ष बनाएको हो । अधिकारी २०७४ सालदेखि अध्यक्ष हुँदै आएका थिए । पुन छैठौ अधिवेशनबाट...

सत्तारुढ १० दलको बैठक बालुवाटारमा जारी

२०७९ चैत १ गते १७:४६

काठमाण्डु,१ चैत– सत्तारुढ १० दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक बालुवाटारमा सुरू भएको हो । राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी...

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो

२०७९ चैत १ गते १७:२७

काठमाण्डु,१ चैत– सरकारी स्वमित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले पनि दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले जानकारी दिएका छन ।...

द्वन्द्वकालीन मुद्दाले सबै माओवादीलाई एक ठाउँमा ल्याएको छ: विप्लव

२०७९ चैत १ गते १७:१५

काठमाण्डु,१ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा जान थालेपछि आफूहरूको मनमा ढ्याङ्ग्रो बजेको नभई चेतनाचाहिँ आएको बताएका छन । आज (बुधवार) काठमाण्डुमा नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन...

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

२०७९ चैत १ गते १७:०८

काठमाण्डु,१ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज (बुधबार) राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । बैठकले किसानले रासायनिक मलमा पाउँदै...

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

२०७९ चैत १ गते १६:२९

काठमाण्डु,१ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको खाल गर्नुपर्ने बताएका छन । आज (बुधबार) काठमाण्डुमा आयोजित...

मन्त्री र उच्च तहका कमर्चारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने

२०७९ चैत १ गते १६:२२

काठमाण्डु,१ चैत–  मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले  अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान...

माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका छन्: कर्णजीत बुढा

२०७९ चैत १ गते १६:०८

काठमाण्डु,१ चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएको बताएका छन । आज (बुधबार) पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले यस्तो बताएका हुन । उनले माओवादीहरुलाई एकतामा आउन नदिन...

गठबन्धनमा सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ: कोइराला

२०७९ चैत १ गते १५:२९

काठमाण्डु,१ चैत– कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने बताएका छन । पार्टी कार्यालय सानेपामा आज (बुधबार) बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले यस्तो बताएका हुन । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने...

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

२०७९ चैत १ गते १५:२२

काठमाण्डु,१ चैत– मध्यपश्चिम विश्वविद्यालयमा ३ चैत्रका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । मंगलबार विश्वविद्यालय अन्तर्गतको का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us