माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका छन्: कर्णजीत बुढा

काठमाण्डु टुडे २०७९ चैत १ गते १६:०८ मा प्रकाशित

काठमाण्डु,१ चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएको बताएका छन ।

आज (बुधबार) पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले यस्तो बताएका हुन । उनले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेका बताएका छन ।

उनले भने, ‘माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका छन्,’ ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो ।’

उनले पार्टी एकता स्वाभिमान र क्रान्तिकारी आन्दोलनको रक्षाको विषय भएको पनि बताएका छन । नेता कार्यकर्तालाई नयाँ तरिकाले विकास गर्न विचारको विकास समेत गर्नुपर्ने बताएका छन । उनले यो देशको नेतृत्व गर्न विप्लवले उद्घोष गर्नुपर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us