
काठमाण्डु,१ चैत– सरकारी स्वमित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले पनि दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले वृद्धि गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले जानकारी दिएका छन ।
बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने पनि उनले बताएका छन । अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले जानकारी दिएका छन ।
यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय भएको उनले बताएका छन । उनले भने, ‘संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ ’
बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने निर्णय गरिएको छ ।’ दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरीने उनले बताएका छन ।