उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाण्डु टुडे २०७९ चैत १ गते १७:०८ मा प्रकाशित

काठमाण्डु,१ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज (बुधबार) राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित रहेको राप्रपाले बताएको छ ।

बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us