
काठमाण्डु,१ चैत– कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने बताएका छन । पार्टी कार्यालय सानेपामा आज (बुधबार) बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले यस्तो बताएका हुन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताएका छन । उनले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने पनि बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले ६ चैत विश्वासको मत दिने तयारी रहेका छन । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको उनले बताएका छन ।
उनले भने, ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा पनि छ। त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ,’ ‘प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’