माओवादी निकट शिक्षक संघको अध्यक्षमा पुनः अधिकारी

काठमाण्डु टुडे २०७९ चैत १ गते १८:१८ मा प्रकाशित

काठमाण्डु,१ चैत– नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित भएका छन् ।

सङ्गठनको आज बुधबार भएको छैठौ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्ष बनाएको हो । अधिकारी २०७४ सालदेखि अध्यक्ष हुँदै आएका थिए ।

पुन छैठौ अधिवेशनबाट पुनः उनलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानवबहादुर पाण्डे र उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, देवीदत्त यादव र महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित सचिव शंकर अधिकारीले जानकारी जानकारी दिएका छन ।

अधिवेशनको फागुन २९ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us