विश्वकप २०२६ को लोगो सार्वजनिक

२०८० जेठ ४ गते १६:२७

एजेन्सी– सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी रहेको छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरेका छन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन । ५३...

थप २४ जनामा कोरोना संक्रमण

२०८० जेठ ४ गते १६:१८

काठमाण्डु,४ जेठ– पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

२०८० जेठ ४ गते १६:१३

नुवाकोट,४ जेठ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा बिहीबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्मा रहेका छन । ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...

श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने श्रीमान पक्राउ

२०८० जेठ ४ गते १५:३८

काठमाण्डु,४ जेठ– प्रहरीले श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका– ६ फगामका गर्भे विक रहेका छन । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गर्भे विकलाई काठमाण्डुको सतुंगलबाट पक्राउ गरेको हो । २० फागुनमा श्रीमती...

प्रधानमन्त्री प्रचण्डलाई नेमकिपाका सांसद प्रेम सुवाल प्रश्न: नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनुभयो ?

२०८० जेठ ४ गते १५:२७

काठमाण्डु,४ जेठ– नेमकिपाका सांसद प्रेम सुवालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् । आज बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो...

पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता छैन: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ४ गते १५:१८

काठमाण्डु,४ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नरहेको बताएका छन । आज (बिहिबार) संसदमा भएको प्रश्न उत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के...

दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ४ गते १५:०१

आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन । आम जनता पार्टीका सांसदले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा...

एमाले सांसद रघुजी पन्तको प्रश्न: सांसदका प्रश्न कसले आउट गर्‍यो ?

२०८० जेठ ४ गते १४:५१

काठमाण्डु,४ जेठ– नेकपा एमालेका सांसद रघुजी पन्तले सांसदहरूले सोध्ने प्रश्न संसदमा सोधिनुअघि नै कसले आउँछ गर्‍यो ? भन्दै प्रश्न उठाएका छन । आज (बिहीबार) प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा यसरी प्रश्न बाहिर आउनु राम्रो नहुने भन्दै आइन्दा त्यसरी प्रश्न बाहिरियाउन नहुनेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन । उनले...

रेशम चौधरीको विषयमा छिट्टै टुंगोमा पुग्छौं: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ४ गते १४:४३

आज (बिहीबार) बसेको प्रतिनिधिसभा को बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताएका छन । रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए...

नागरिकता विधेयकबारे राष्ट्रपति अध्ययनमै हुनुहुन्छ: प्रधानमन्त्री

२०८० जेठ ४ गते १४:३५

आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल जारी रहेको बताएका छन । उनले यद्यपि जे...

प्रधानमन्त्री प्रचण्डलाई रास्वपा सांसद शिशिर खनालको प्रश्न चुनावमा हेलिकप्टर चढेको पैसा जनताको करबाट कि हजुरको गोजीबाट ?

२०८० जेठ ४ गते १४:२०

काठमाण्डु,४ जेठ–आज बिहिबार बसेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रश्नोत्तर जारी छ । यसै क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । यस्तो छ उनको प्रश्न: २०७३ सालमा तपाईँको नेतृत्वको सरकारले मधेस आन्दोलन र थरुहट...

दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु

२०८० जेठ ४ गते १४:०९

दाङ,४ जेठ– दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका छन । बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका प्रहरीले बताएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us