एमाले सांसद रघुजी पन्तको प्रश्न: सांसदका प्रश्न कसले आउट गर्‍यो ?

काठमाण्डु टुडे २०८० जेठ ४ गते १४:५१ मा प्रकाशित

काठमाण्डु,४ जेठ– नेकपा एमालेका सांसद रघुजी पन्तले सांसदहरूले सोध्ने प्रश्न संसदमा सोधिनुअघि नै कसले आउँछ गर्‍यो ? भन्दै प्रश्न उठाएका छन ।

आज (बिहीबार) प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा यसरी प्रश्न बाहिर आउनु राम्रो नहुने भन्दै आइन्दा त्यसरी प्रश्न बाहिरियाउन नहुनेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

उनले भने, ‘सांसदहरूको प्रश्न कसले आउट गर्‍यो रु सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि यसरी प्रश्न बाहिरिनु राम्रो नभएको भन्दै कतै आफूले दिने जवाफ पनि बाहिरिएको त छैन भनेर आफूले सोधखोज गरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us