प्रधानमन्त्री प्रचण्डलाई नेमकिपाका सांसद प्रेम सुवाल प्रश्न: नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनुभयो ?

काठमाण्डु टुडे २०८० जेठ ४ गते १५:२७ मा प्रकाशित

काठमाण्डु,४ जेठ– नेमकिपाका सांसद प्रेम सुवालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् ।

आज बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दै प्रश्न गरेका छन ।

उनले नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करौडौँ रुपैया ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरुलाई के कस्तो कानुनी कारबाही हुन्छ भन्दै प्रश्न गरेका छन ।

उनले यस्तै उनले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु उन्मुक्ति दिने खतरा रहेको समेत बताएका छन । उनले भने, ‘प्रधानमन्त्रीजीले नेपाललाई स्विजरल्यान्ड र सिंगापुर जस्तै बनाउने भन्नुहुन्थ्यो ।

ती दुबै देश कस्ता थिए रु अहिले नेपाललाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने देश किन बनाउने भयो ? नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते,

सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करौडौँ रुपैया ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरुलाई के कस्तो कानुनी कारबाही हुने हो रु यहाँले त्यो केही अनुमान गर्नुभएको छ ? उनले यसमा प्रधानमन्त्री भएकाहरु सबै जिम्मेवार हुनु पर्दैन र ?

यतिबला तीन दलबीच सहमति पनि भयो समिति भागबण्डा लगायतमा । यो नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरुलाई उन्मुक्ति दिने तयारी त होइन ?

महान्यायाधिवक्ता कार्यालयले ललितनानिवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मुद्दालाई दर्तै गर्न लगाएन । के यो नक्कली भुटानी शरणार्थीको मुद्दा पनि महान्यायाधिवक्ताको कार्यालयले फलाना फलानालाई छाडिदिनु, फलानाफलानालाई मुद्दा दिनु भनेर आदेश दिने हो कि ?

मुद्दै नलाग्ने हो कि ? महान्यायाधिवक्तालाई प्रधानमन्त्रीबाट यस्तो आदेश जाने हो कि ? सँगसँगै ख्वाप विश्वविद्यालय विधेयक पारित नभइ ज्ञानमा आधारित अर्थतन्त्र कसरी हुन्छ ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us