
काठमाण्डु,४ जेठ– पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
विहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइएको मन्त्रालयले जानकारी दिएको छ ।