पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ ४ गते १५:१८ मा प्रकाशित

 

काठमाण्डु,४ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नरहेको बताएका छन ।

आज (बिहिबार) संसदमा भएको प्रश्न उत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला भनेर प्रश्न गरेका थिए ।

त्यस प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो कुनै बाध्यता नरहेको बतमएका छन । उनले भने, ‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमै मा दिइसकेको छु व्यवहारबाटै ।’

उनले अघि भने, ‘भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहेको भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन । त्यो कुरा हामीले प्रमाणित पनि गरिसकेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us