विश्वकप २०२६ को लोगो सार्वजनिक

काठमाण्डु टुडे २०८० जेठ ४ गते १६:२७ मा प्रकाशित

एजेन्सी– सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी रहेको छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।

सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन । ५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका छन ।

कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो । ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरेका हुन ।

फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका रुपमा बताएका छन । उनले भनेका छन, ‘यो लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ ।

जसले आगामी महिना र वर्षहरुमा यो प्रतियोगितालाई जीवन्त बनाउनेछ’। उनले सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने पनि दावी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us