रायमाझी, खाँणसहितका आरोपी थप ३ दिन हिरासतमा रहने

२०८० जेठ ३ गते १८:१९

काठमाण्डु, ३ जेठ– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई प्रहरीले थप ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले अनुसन्धान सकेर बुधबारसम्ममा...

नक्कली शरणार्थी मुद्दामा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्यो: कोइराला

२०८० जेठ ३ गते १७:३०

काठमाण्डु, ३ जेठ– कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन । आज (बुधबार) काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले नक्कली...

नक्कली शरणार्थी प्रकरण मानव बेचबिखन र ठगीको अपराध: मानव अधिकार आयोग

२०८० जेठ ३ गते १७:२०

काठमाण्डु, ३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणमा ध्यानाकर्षण भएको जनाएको छ । आज (बुधबार) आयोगको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता,...

गाजा औषधि हो कि लागुऔषध हो बहस हुनुपर्छ: मुख्यमन्त्री पाण्डे

२०८० जेठ ३ गते १७:१२

काठमाण्डु, ३ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनु जरुरी रहेको बताएका छन । आज (बुधबार) गृहजिल्ला गोरखा आएका उनले गाजाका विषयमा कानुन खुकुलो बनाउनुपर्ने बताएका छन । उनले भने, ‘गाँजा लागू औषध हो...

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुर मुद्दा चलाउन राप्रपाको माग

२०८० जेठ ३ गते १६:३३

 काठमाण्डु, ३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन सरकार सँग माग गरेको छ । जेठ १, २ र ३ गते बसेको केन्द्य्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको...

कांग्रेस सहर केन्द्रित भयो: पूर्वराष्ट्रपति यादव

२०८० जेठ ३ गते १६:२६

काठमाण्डु, ३ जेठ– पूर्वराष्ट्रपति डा रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाएका छन । आज बुधवार काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन । यादवले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका...

लागूऔषध गाँजासहित ४ जना पक्राउ

२०८० जेठ ३ गते १६:११

काठमाण्डु, ३ जेठ– प्रहरीले लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ८ का ३४ वर्षीय राजकुमार भने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका ६ का ४६ वर्षीय शंकर दाहाल, ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका...

नक्कली शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ: गृहमन्त्री श्रेष्ठ

२०८० जेठ ३ गते १५:३४

काठमाण्डु, ३ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने बताएका छन । आज (बुधवार) मन्त्रालयमा नेकपा एकीकृत समाजवादी का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण...

भोलि प्रधानमन्त्री प्रचण्ड र सांसदबीच प्रश्नोत्तर

२०८० जेठ ३ गते १५:२६

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीउल्लेख गरिएको...

सर्वोच्चको फैसलाले रत्तीभर विचलित छैन: रेशम चौधरी

२०८० जेठ ३ गते १५:१८

उनले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका छन । ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा उल्लेख गरेका छन...

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहितको आन्दोलनको घोषणा

२०८० जेठ ३ गते १४:३५

 काठमाण्डु, ३ जेठ– नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट आज बुधबार काठमायडुमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको...

सञ्‍चारमन्त्री शर्माको प्रश्न: सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो ?

२०८० जेठ ३ गते १४:२६

काठमाण्डु, ३ जेठ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गएको बताएकी छन । आज (बुधबार) विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us