
काठमाण्डु, ३ जेठ– प्रहरीले लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ८ का ३४ वर्षीय राजकुमार भने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका ६ का ४६ वर्षीय शंकर दाहाल, ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन ।
बाराबाट हेटौडा जाँदै गरेको बसमा लुकाएको १३ १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित उनी हरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
बस र लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।