गाजा औषधि हो कि लागुऔषध हो बहस हुनुपर्छ: मुख्यमन्त्री पाण्डे

काठमाण्डु टुडे २०८० जेठ ३ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनु जरुरी रहेको बताएका छन ।

आज (बुधबार) गृहजिल्ला गोरखा आएका उनले गाजाका विषयमा कानुन खुकुलो बनाउनुपर्ने बताएका छन । उनले भने, ‘गाँजा लागू औषध हो कि औषधि हो यस बारेमा बहस हुनुपर्छ ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो ।’

काठमाण्डुमा पनि यसबारे बहस भइरहेको भन्दै उनले यो बहसलाई बृहत बनाउनुपर्ने बताएका छन । उनले भने, ‘यो हाम्रो मात्र हातमा छैन, गण्डकी प्रदेश सरकारले मात्र कानून बनाएर बैधानिकता पाउदैन, संघिय सरकारले पनि यसलाई बन्देज गरेको छ, कानून खुकुलो बनाउनतर्फ पहल होस् भन्ने हाम्रो चाहना हो ।’

उनले गाँजालाई खुल्ला गरे जनताको आयआर्जनसँगै गण्डकी प्रदेश सरकारको आम्दानीको स्रोतसँग पनि जोड्न सकिने बताएका छन । उनले स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us