
काठमाण्डु, ३ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच भाली बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुँदै छ ।
बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीउल्लेख गरिएको छ ।
साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची रहेको छ ।