एआईजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु टुडे २०८२ असार ४ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, ४ असार– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन ।

उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई हार्दिक बधाई दिए । बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक अर्यालले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरू र विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us