
काठमाण्डु, ३ जेठ– कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन ।
आज (बुधबार) काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताएका छन । उनले कांग्रेस पार्टीका नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिनुले कांग्रेसको गरिमामा आँच आएको बताएका छन ।
उनले यो प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताएका छन । उनले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताएका छन । नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताएका छन ।