काठमाण्डु ,६ असार- हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटाउने तयारी गरीएको छ। नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागु हुने गरेर आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको सँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । निगमले...
काठमाण्डु, ६ असार- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । १ जनवरी २०२३ बाट संचालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा...
काठमाण्डु ,६ असार- बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल रहेका छन। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।आज बिहान ८ बजे...
टोकियो–जापानमा नेपाली विद्यार्थीको बुधबार रहस्यमय मृत्यु भएको छ । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन् । कार्यरत कम्पनीले बुढा काममा नगएपछि प्रहरीमा खबर गरेको र कोठा फुटाएर हेर्दा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठउपाध्यक्ष नवीन निउरेले...
काठमाण्डु, ६ असार-प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने बताएको छ।आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र...
धनगढी, ६ असार– सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको शोकमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । मन्त्री सिंहको निधनको शोकमा प्रदेशभरका सरकारी कार्यालयमा आधा झण्डा झुकाइनेछ । प्रदेश राजधानी कैलालीबाट गृह जिल्ला...
काठमाण्डु, ६ असार- सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ...
काठमाण्डु ,५ असार-बझाङमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने...
काठमाण्डु ,५ असार- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले बैंकको ब्याजदर तत्काल घटाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै चौधरीले मुलुकको अर्थतन्त्रलाई राम्रो...
काठमाण्डु, ५ असार- आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको एउटा पनडुब्बी अचानक बेपत्ता भएको छ । सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी...
काठमाण्डु ,५ असार- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन। उनले त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी,...
काठमाण्डु, ५ असार- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै व्यंग्य गरेका हुन्। उनले अर्थमन्त्री प्रकाशशरण महत र सहरी...