टोकियो–जापानमा नेपाली विद्यार्थीको बुधबार रहस्यमय मृत्यु भएको छ ।
जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन् ।
कार्यरत कम्पनीले बुढा काममा नगएपछि प्रहरीमा खबर गरेको र कोठा फुटाएर हेर्दा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठउपाध्यक्ष नवीन निउरेले जानकारी दिए । बुढाको शव सडेको अवस्थामा फेला परेको हो । बुढाको बिहीबार जापानमै अन्त्येष्टि हुने भएकोछ ।