टाइटानिक हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता

काठमाण्डु टुडे २०८० असार ५ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, ५ असार- आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको एउटा पनडुब्बी अचानक बेपत्ता भएको छ ।

सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए ।

बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ ।

सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए ।

जुन जहाज १९८५ मा पत्ता लागेको थियो । पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएको थियो ।

जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।

सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेको छ, हराइरहेको पनडुब्बीको स्वामित्व हाम्रो कम्पनिसँग छ, सो पनडुब्बीमा मानिसहरु छन्, जसको खोजि भइरहेको छ ।‘

हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ सो कम्पनिले भनेको छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ।’

सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us