

काठमाण्डु ,५ असार- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन। उनले त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि आग्रह गरेका छन् ।
उनले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएकौ त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ ।
यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो ।
सरकारमा रहेका पार्टीले दिने कि नदिने हो रु नयाँले त दिने भनिसके ।’उनले काठमाडौँ९हेटौडा सुरुङमार्गका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरे । सो सुरुङमार्गको भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको उल्लेख गर्दै सो परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने उनले बताए ।