
काठमाण्डु ,६ असार- हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटाउने तयारी गरीएको छ।
नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागु हुने गरेर आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको सँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् ।
निगमले आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएको छ।यस सगैँ नागरिक उड्डयन प्राधिकरण ले पनी हवाई भाडा घटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता जगन्नताथ निरौलाले जानकारी दिए।