
काठमाण्डु ,६ असार- बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल रहेका छन।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।आज बिहान ८ बजे गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका९-५ ठूलढुंगामा दुर्घटना भएको हो।
जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना स्थल भीर भएका कारण मृतकको उद्दारमा समस्या भएको प्रहरीले बताएको छ।