
काठमाण्डु, ५ असार- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै व्यंग्य गरेका हुन्। उनले अर्थमन्त्री प्रकाशशरण महत र सहरी विकास मन्त्री सीता गुरूङलाई लक्षित गरी प्रश्न सोधेका छन्।
पनौतीमा १२ वटा वडा छन्, जुन जिल्लाको म प्रतिनिधित्व गर्छु। पनौती नगरपालिकामा १३ वडा नम्बर कहाँ पर्छ? मलाई थाहा छैन अर्थमन्त्रीज्यू, सहरी विकास मन्त्रीज्यू, मलाई थाहा छैन।
१४ नम्बर वडा कहाँ पर्छ? १५ नम्बर वडा कहाँ पर्छ?,’ उनले सोधे,‘ बास्कोटाले भने,‘दुईवटा गाउँपालिका जहाँ बजेट छुट्याउनुभएको छ, काभ्रेमा पर्दैन । बजेट गजबले छुट्याउनुभएको छ । कल्ले दियो त्यो चिर्कटो ? गजब लाग्यो । त्यसो हुँदा मैले सोध्नुपर्ने भयो प्रकाश सपुतलाई सम्झिएर, त्यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ? कल्ले किन्दियो ? तिरमिरायो, हेर्योा ।
राज्यले हिजो लगानी गरेको छ अव जुवा खेल्ने हो ? के ग्यामलर हो सरकार ? म सोध्छु किनभने नगरकोट हिगुवापाटी गैरीबिसौना पिच हुन ठिक्क पर्यो नाँप जाँच गर्न पठाइदिनुस् भनेको हिजो भौतिकबाट सहरीमा ल्याउनुभयो ।
यतापट्टी के हाल्नुभयो, १० लाख रुपैयाँ हाल्नुभयो । १९ किलोमिटर छ । म सोध्छु–मेरो झोकले रु म त्यहाँबाट प्रतिनिधित्व गर्छु । ठिकै छ त त्यहाँका कांग्रेसहरु हिड्छन् कि हिँड्दैनन् ? त्यहाँका कांग्रेसका निम्ति, त्यहाँका माओवादीका निम्ति, त्यहाँका समाजवादीका निम्ति, त्यहाँ रास्वपा छ भने उनीहरूलाई हिँड्नका निम्ति सरकारले अर्कै बाटो बनाउँछ ?’ उनले सोधे।