राष्ट्रपतिबाट उच्चस्तरीय समितिको ध्यानाकर्षण

२०७० साउन ३० गते ६:३१

काठमाडौँ, २९ साउन । राष्ट्रपति रामवरण यादवले निर्वाचन प्रक्रियामा असमहत दललाई विश्वासमा लिएर तोकिएकै समयमा निर्वाचन गराउन उच्चस्तरीय राजनीतिक समितिको ध्यानार्कषण गराएका छन् । उच्चस्तरीय समिति संयोजक एव्म एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बिहान शीतलनिवास बोलाएर राष्ट्रपतिले असन्तुष्ट दललाई सहमतिमा ल्याएर मंसिर...

राष्ट्रपतिद्धारा इरानको निम्तो अस्वीकार गरेको खुलासा

२०७० साउन ३० गते १:०२

राष्ट्रपति डा रामवरण यादवले इरानको निमन्त्रणालाई अस्वीकार गरेको खुलासा भएको छ । साउन २० गते इरानका नवनिर्वाचित राष्ट्रपति हसान रौहानीको पदबहाली समारोहमा सहभागी हुन गरिएको निमन्त्रणा राष्ट्रपति डा यादवले अस्वीकार गरेको खुलासा भएको हो । नेपाल र नेपालीप्रति सम्मान दर्शाउदै इरानले राष्ट्रपति यादवलाई निमन्त्रणा...

युवासंघमा करोडौ भ्रष्टाचार भएको रहस्योदघाटन

२०७० साउन ३० गते १:०२

काठमाण्डु २९ साउन:नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालमा अध्यक्ष महेश बस्नेत र उनको समूहले करोडौ रकम भ्रष्टाचार गरेको रहस्योदघाटन भएको छ । युवा संघका उपाध्यक्ष झपटबहादुर रावलले मंगलवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी सो बिषयको रहस्योदघाटन गरेका हुन । एमाले नेता केपी ओली पक्षका बस्नेत...

बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन मन्त्रीको निर्देशन

२०७० साउन २९ गते १७:५९

काठमाण्डु २९ साउन : अर्थमन्त्री शंकर कोइरालाले बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन निर्देशन दिएका छन । संसदको अनुपस्थितिमा सरकारले बनाएको उच्चस्तरीय समितिको निर्णयलाई सवैले पालन गर्नु पर्ने बताउँदै मन्त्री कोइरालाले त्यस्तो निर्देशन दिएका हुन । अर्थ मन्त्रालयमा मंगलबार भएको मन्त्रिस्तरीय विकास समस्या समाधान समिति...

उपेन्द्रका ६ मध्ये चार मागमा ठूला दल सहमत

२०७० साउन २९ गते १७:२३

काठमाण्डु, २९ साउन । उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दल उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका ६ मध्ये चारवटा मागमा सहमत भएका छन् । समिति र यादवको मोर्चाबीच बुधबार भएको वार्तामा मुख्य दल मोर्चाले अघि सारेका खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा र जनसंख्याका आधारमा...

अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको माओवादी आरोप

२०७० साउन २९ गते १७:२०

काठमाण्डु, २९ साउन । एकीकृत माओवादीले गोरखा फुजलेका कृष्णप्रसाद अधिकारीको हत्याको विषय उठाएर अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ । माओवादीले द्वन्द्वकालीन घटनाबारे केही व्यक्ति र संघ संस्थाले गलत प्रचारबाजी गर्ने गरेको भन्दै गोरखा घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्तिप्रक्रियाको जग नै भत्काउन...

क्षतिपूर्ति सहितको नागरिक वडापत्रको क्षेत्र विस्तार

२०७० साउन २९ गते १७:१५

काठमाण्डु २७ साउन:सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र आइतवार जारी गरेको छ । तोकिएको अवधिमा सेवा प्रवाह हुन नसके विभागले विभिन्न ५ प्रकारका सेवामा दुई सय ५० देखि एक हजार रुपैयासम्म क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ । क्षतिपूर्ति सहितको नागरिक...

सरकार र ३३ दलीय मोर्चाबीचको वार्ता निष्कर्षहीन

२०७० साउन २९ गते १६:२५

काठमाण्डु, २९ साउन । नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा र सरकारबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । ४ मंसिरमा घोषित संविधानसभा पछि सार्न मोर्चाले राखेको प्रस्ताव  सकारी वार्ता टोलीले अस्वीकार गरेपछि वार्ता असफल भएको हो । सरकार र ३३ दलीय मोर्चाबीच मंगलबार ललितपुरको होटल हिमालयनमा पहिलोपटक...

राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

२०७० साउन २९ गते १२:१९

काठमाण्डु, २९ साउन । राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र निर्वाचनको विरोधमा रहेका दलहरुसँग सहमति खोज्न भइरहेका वार्तालगायत विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति यादवले...

नेपाली क्रिकेट टिमको पहिलो जित

२०७० साउन २९ गते १२:०३

काठमाण्डु, २९ साउन ।  नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग लगातार ४ खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार श्रीलंकाको नर्थ ईष्ट प्रान्तको स्थानीय क्रिकेट टिमलाई १ सय ६८ रनको विशाल अन्तरले हराएको हो । जितका...

कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक

२०७० साउन २९ गते ११:४४

सानोठिमी, २९ साउन । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा  १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । गत  बैशाख १७ देखि २९ सम्म भएको परीक्षामा ३३...

कर अधिकृतलाई मन्त्रीको निर्देशन

२०७० साउन २८ गते ७:५१

काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us