कर अधिकृतलाई मन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७० साउन २८ गते ७:५१ मा प्रकाशित

काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर काम गर्न सुझाव दिएका हुन ।
राम्रो कामका लागि अर्थमन्त्रीको हैसियतमा आपूmले गर्ने कुनै पनि सहयोग जुटाइदिने प्रतिवद्धता व्यक्त गर्दै कोइरालाले भने ‘मन्त्रीले सचिव, सचिवले महानिर्देशक, महानिर्देशकले तपाईंहरु माथि गाली गर्ने अवस्था आउन नदिनुस् । अब त्यस्तो अवस्था आए त्यसले तपाईंहरुकै कार्य सम्पादन र मूल्यांकनमा असर पर्छ ।’
करदातामैत्री प्रशासन सरकारको मूल लक्ष्य भएकाले करको दायरा बढाउने अभियानमा लाग्न सल्लाह दिँदै अधिकृतहरुको कार्य मूल्यांकन आपूmले पनि गर्ने जानकारी उनले गराए । अर्थ सचिव शान्तराज सुवेदीले कर प्रशासनमा केही वर्ष यता शक्तिको छत्रछायाँ रहेर काम गर्ने प्रवृत्ति देखिएको प्रति तीब्र असन्तुष्टि व्यक्त गर्दै क्षणिक लाभको बाटो नदेख्न सुझाव दिए । सुवेदीले महानिर्देशकको स्वीकृति नलिई विदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिए । अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखा प्रमुख राजन खनालले कर तिर्नु भनेको जनताले राज्यलाई गरेको योगदान भएकाले त्यसको पुष्टि गर्नु कर अधिकृतहरुको दायित्व भएको बताए ।
देशमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन प्रयास थाल्न उनले सल्लाह दिए । आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले परिश्रम र सावधानी सवैभन्दा ठूलो योग्यता भएकाले यसलाई आत्मसात गर्न सुझाव दिए । ५३ बुँदा र १६ दफासहितको गोकर्ण घोषणापत्र सार्वजनिक गर्दै कार्यशाला सकिएको छ । कार्यशालामा देशभरका २ सय कर अधिकृत सहभागी थिए । सो अवसरमा अघिल्लो वर्ष सवैभन्दा बढी कर उठाउने तीनवटा शाखाहरुलाई पुरष्कृत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us