राष्ट्रपतिबाट उच्चस्तरीय समितिको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० साउन ३० गते ६:३१ मा प्रकाशित

काठमाडौँ, २९ साउन । राष्ट्रपति रामवरण यादवले निर्वाचन प्रक्रियामा असमहत दललाई विश्वासमा लिएर तोकिएकै समयमा निर्वाचन गराउन उच्चस्तरीय राजनीतिक समितिको ध्यानार्कषण गराएका छन् ।
उच्चस्तरीय समिति संयोजक एव्म एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बिहान शीतलनिवास बोलाएर राष्ट्रपतिले असन्तुष्ट दललाई सहमतिमा ramabar-yadhav-nepal_20130215094559ल्याएर मंसिर ४ मै निर्वाचन गराउन ध्यानाकर्षण गराएका हुन् ।  भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचन तयारीलगायत विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँग निर्वाचन प्रक्रियामा असहमत दलसँग सहमति प्रयासमा भइरहेका वार्ताको प्रगतिबारे राष्ट्रपतिले चासो राख्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
खकुरेलका अनुसार राष्ट्रपतिले सबैलाई विश्वासमा लिएर तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने काममा अग्रसरता लिन प्रचण्डलाई आग्रह गर्नुभएको छ । जवाफमा प्रचण्डले असन्तुष्ट दलसँग साकारत्मक वार्ता भइरहेको र केही दिनभित्रै ठोस सहमतिमा पुग्ने जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us