राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० साउन २९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २९ साउन । राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र निर्वाचनको विरोधमा रहेका दलहरुसँग सहमति खोज्न भइरहेका वार्तालगायत विषयमा छलफल भएको थियो ।

भेटमा राष्ट्रपति यादवले निर्वाचन तयारीमा सरकारले गरिरहेको काम र असन्तुष्ट दलसँग भइरहेको वार्ताको प्रगतिलगायत विषयमा चासो राखेका थिए ।
भेटपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले राष्ट्रपतिसँग आफ्नो नियमित भेटघाट भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us