बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन मन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७० साउन २९ गते १७:५९ मा प्रकाशित

काठमाण्डु २९ साउन : अर्थमन्त्री शंकर कोइरालाले बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन निर्देशन दिएका छन । संसदको अनुपस्थितिमा सरकारले बनाएको उच्चस्तरीय समितिको निर्णयलाई सवैले पालन गर्नु पर्ने बताउँदै मन्त्री कोइरालाले त्यस्तो निर्देशन दिएका हुन ।
अर्थ मन्त्रालयमा मंगलबार भएको मन्त्रिस्तरीय विकास समस्या समाधान समिति बैठकमा मन्त्री कोइरालाले समीक्षा बैठकको परम्परागत शैलीमा परिवर्तन ल्याउनुपर्ने खाँचो औंल्याए । कोइरालाले विकास प्रगति माग्न छोडेर आपैंmले लिने प्रक्रिया थाल्न मातहतका निकायलाई निर्देशन पनि दिए । बैठक बस्नुअघि त्यसको लक्ष्य, प्रगति र कार्यदिशा स्पष्ट हुनुपर्ने बताउँदै मन्त्रालयका मन्त्रालयका महाशाखा प्रमुख र राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई सम्झौता गर्ने प्रक्रिया छिट्टै थालिने जानकारी दिए ।
सहकारीहरुलाई प्रभावकारी नियमन र अनुगमन खाँचो भएको औंल्याउँदै मन्त्री कोइरालाले सजाय र दण्डको आवश्यकतामा जोड दिए । गरीवी निवारण तथा सहकारी मन्त्रालयले अन्तराष्ट्रिय सहकारी सिद्धान्त विपरित सहकारी नियमावली २०४८ संसोधन गर्न लागेको भन्दै सहकारी आन्दोलनले आपत्ति जनाएकै दिन मन्त्री कोइरालाले त्यस्तो बताएका हुन । सरोकारवालाहरुसंग छलफल नै नगरी मन्त्रालयले नियमावली संसोधन गर्न लागेको प्रति विरोध जनाउदै सहकारी आन्दोलनले मंगलवार सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले विपन्न बर्गका नाममा ठूलो धनराशि कर्जामा जाने भएकाले त्यसको सुरक्षण र जोखिमको पाटोमा सचेत हुनुपर्ने बताए । उनले सरकारी बैंकहरुलाई केन्द्रमा राखेको अधिकार क्षेत्र क्षेत्रमा विकेन्द्रीकरण गर्न सुझाव दिए ।
अर्थ सचिव शान्तराज सुवेदीले पूँजीगत खर्चका नाममा गाडी, जग्गा किन्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गर्दै त्यसले लक्ष्य प्राप्तिमा समस्या थपेको बताए । उनले छलफललाई समस्याभन्दा पनि परिणामुखी बनाउन सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us