सरकार र ३३ दलीय मोर्चाबीचको वार्ता निष्कर्षहीन

काठमाण्डु टुडे २०७० साउन २९ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २९ साउन । नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा र सरकारबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ ।

४ मंसिरमा घोषित संविधानसभा पछि सार्न मोर्चाले राखेको प्रस्ताव  सकारी वार्ता टोलीले अस्वीकार गरेपछि वार्ता असफल भएको हो । सरकार र ३३ दलीय मोर्चाबीच मंगलबार ललितपुरको होटल हिमालयनमा पहिलोपटक औपचारिक रुपमा वार्ता भएको हो । वार्तामा सरकारका तर्फबाट सरकारी वार्ता टोलीका तर्फबाट गृहमन्त्री माधव घिमिरे र मोर्चाका तर्फबाट मोर्चाको तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरु थिए ।

वार्तामा मोर्चाले निर्वाचानका सबै सबै प्रक्रिया रद्द गरी नयाँ आधारमा सहमति गर्नुपर्ने प्रस्ताव गरेको छ । उसले वर्तमान सरकारको खारेजीलाई पनि सर्तका रुपमा अघि सारेको छ । मोर्चाले वर्तमान सरकार गठनअघि भएका सबै सहमति र सम्झोता खारेजीको मागसमेत  गरेको छ ।
उच्चस्तरीय समितिसँगको वार्तामा पनि मोर्चाले सोही माग राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँग सरकारी वार्ता टोली सदस्य एवम् सञ्चारमन्त्री माधव पौडेलले हरेक विषयमा छलफल गर्न तयार रहेको जानकारी दिए । तर निर्वाचन सार्ने पक्षमा भने सरकार नरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us