कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाण्डु टुडे २०७० साउन २९ गते ११:४४ मा प्रकाशित

सानोठिमी, २९ साउन । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा  १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।
hsebविज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । गत  बैशाख १७ देखि २९ सम्म भएको परीक्षामा ३३ हजार ५ सय ६६ सहभागी भएकामा २५ हजार २ सय ३६ जना उत्तीर्ण भएको अर्यालले बताए । २४ जनाको परीक्षा रद्द गरिएको छ ।

यस्तै आशिंकतर्फ ६ हजार ३ सय ४९ ले परीक्षा दिएकामा ५१ दशमलब ४४ प्रतिशत अर्थात ३ हजार २ सय ६६ पास भएका छन् । बाँकी विषयको नतिजा भदौ पहिलो साता सार्वजनिक हुने परिषद्ले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us