खेलकुद

हैदरावादमाथि मुम्बइको जित

२०७१ वैशाख ३० गते ४:३९

काठमाण्डु, ३० वैशाख –इण्डियन प्रिमियर लिग क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेलेर ३ विकेट गुमाउादै १ सय ५७ रन बनाएको थियो । हैदराबादका आरोन फिन्चले ६८ र...

सिटीले उचाल्याे प्रिमियर लिगको उपाधि

२०७१ वैशाख २९ गते २:२१

काठमाण्डु २९ वैशाख – यसवर्षको इंगलिस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको  छ । आइतबार रातित भएको खेलमा वेष्टह्यामलाई २–० ले हराउँदै सिटीले तीन सिजनमा दोश्रोपटक उपाधि जितेको हो । उसले यसअघि २०१२ मा पनि लिगको उपाधि जितेको थियो । निर्णायक खेलमा सिटीलाई जिताउन...

जर्वजस्ती गरे प्रतिवादमा उत्रन प्रचण्डको राखेप पदाधिकारीलाई निर्देशन

२०७१ वैशाख २८ गते ७:३८

काठमाण्डु, २८ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले अनावश्यक हस्तक्षेप गरे प्रतिवादमा उत्रन राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई निर्देशन दिएका छन् । विभागइि मन्त्रीले पद छाड्न दबाब दिएको भन्दै ज्ञापन पत्र बुझाउन पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका सदस्यसचिव युवराज लामासहित परिषदका पदाधिकारीलाई...

लिभरपुल र म्यानचेष्टर उपाधि भिडन्तमा

२०७१ वैशाख २८ गते ३:०६

काठमाण्डु, २८ वैशाख –इंगलिश प्रिमियर लिग फुटवलको उपाधि टुंगो आज लाग्दैछ । उपाधि भिडन्तमा म्यानचेष्टर सिटी र लिभरपुल क्लब छन् । दुवैले एक खेल खेल्न वॉकी छ । उपाधिका लागि म्यानचेष्टर सिटीलाई प्रतिद्धन्दी टिम वेस्ट ह्याम विरुद्धको खेल बराबरी गरे उपाधि निश्चित हुनेछ ।...

एनपिएलमा दुईदिवसीय हटाउने निर्णय अनधिकृत

२०७१ वैशाख २८ गते १:३४

काठमाण्डु, २८ वैशाख – नेपाल प्रिमियर लिग एनपिएलबाट दुईदिवसीय म्याच हटाउने निर्णय अनधिकृत रहेको पाइएको छ । एनपिएलको आर्थिक र व्यवस्थापकीय जिम्मेवारी पाएको जोहरा स्पोर्टस् म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान र एनपिएलको गभर्निङ निर्णय लिएको पाइएको हो । यस्तो निर्णय गर्ने अधिकार जोहरालाई छैन्...

आइपिएलमा मुम्बइ र चेन्नई भिड्दै

२०७१ वैशाख २७ गते ३:५७

काठमाण्डु, २७ वैशाख – भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा किंग्स इलेभेन पञ्जाव शीर्ष स्थानमा यथावत रहेको छ । गएराति रोयल च्यालेन्जर बेंग्लोरलाई ३२ रनले पराजित गर्दै पञ्जाबले तालिकामा १४ अंक पुराएको हो । चेन्नई सुपर किंग्स १२ अंक सहित दोस्रो स्थानमा छ । १...

अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

२०७१ वैशाख २७ गते ३:५३

काठमाण्डु, २७ वैशाख –जापान गोरिजुरियो कराते डो केन्वाकाइ नेपाल संघ, कुमारी डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पुरुष र महिलातर्फ एकल काता, टिम काता, एकल कुमुते र टिम कुमुते गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख...

पाचौं कार्यकालका लागि गरे ब्लाटरले उम्मेदवारी घाेषणा

२०७१ वैशाख २६ गते १५:२८

काठमाण्डु, २६ वैशाख – विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले पाचौं कार्यकालका लागि पनि उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । ७७ वर्षीय ब्लाटरले सन् २०११ मा फिफाको अध्यक्षमा चुनिएपछि अर्को कार्यकालका लागि नउठ्ने बताएपनि अहिले भने अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो...

नेपाली क्रिकेट टोली आज आउँदै

२०७१ वैशाख २५ गते ५:३७

काठमाण्डु, २५ वैशाख –एसीसी प्रिमियर लिग प्रतियोगितामा भाग लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ । अहिले केहीवेरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रतियोगितामा मध्यम प्रर्दशन गरेको टोलीलाई स्वागतका लागि क्यानका केही पदाधिकारी पुग्नेछन् । प्रतियोगितामा नेपालले...

नेपाल अफगानीस्तानसँग १०८ रनले पराजित

२०७१ वैशाख २४ गते ११:११

काठमाण्डु, २४ वैशाख – मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तरगत आजको खेलमा अफगानिस्तानले नेपाललाई १०८ रनको अन्तरले विजय हाँसिल गरेकोछ । नेपालले ब्याटिङ गर्दा विचैमा पानी परेर खेल रोकिएको थियो । केहि समयपछि डकवथ लुइसको विधि अनुसार खेललाई ३२ ओभरमा सीमित पारिएको थियो...

नेपाल अफगानिस्तानसँग १०८ रनले पराजित

२०७१ वैशाख २४ गते ५:३१

काठमाण्डु, २४ वैशाख – मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तरगत आजको खेलमा अफगानिस्तानले नेपाललाई १०८ रनको अन्तरले विजय हाँसिल गरेकोछ । ५० ओभरको खेलमा अफगानिस्ताले पूरै ४९।३ ओभरमा १० विकेटको क्षतिमा २ सय ६३ रनको लक्ष्य दिएकाृे थियो। नेपालले ब्याटिङ गर्दा विचैमा पानी परेर...

एसिसी प्रिमियर लिगमा नेपाल र अफगानिस्तान भिडदै

२०७१ वैशाख २४ गते २:०६

काठमाण्डु, २४ वैशाख – मलेशियामा चलिरहेको एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल अहिले अफगानिस्तानसंग खेलिरहेको छ । टस जितेर नेपालले फिल्डिङ्ग रोजेको छ । टस हारेर व्याटिङ्ग थालेको अफगानिस्तानले ओभरको खेल्द चल्दै गर्दा विना विकेटको क्षतिमा रन बनाएको छ । अफगानिस्तानलाई हराउन सके नेपालले शीर्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us