
काठमाण्डु, ३० वैशाख –इण्डियन प्रिमियर लिग क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदरावादलाई ७ विकेटले हराएको छ ।
घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेलेर ३ विकेट गुमाउादै १ सय ५७ रन बनाएको थियो ।
हैदराबादका आरोन फिन्चले ६८ र डेभिड वार्नरले नटआउट ५५ रन बनाए । १ सय ५८ रनको लक्ष्य मुम्बईले १८ दशमलव ४ ओभरमा ३ विकेट गुमाउादै पुरा गर्यो । मुम्बईलाई जिताउन लेन्डल सिमोन्स र अम्बाती रायडूले समान ६८ रनको योगदान गरे ।
जितपछि मुम्बई ९ खेलबाट ६ अंकसहित अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । हैदरावादको ९ खेलबाट ८ अंक छ ।