
काठमाण्डु, २५ वैशाख –एसीसी प्रिमियर लिग प्रतियोगितामा भाग लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ ।
अहिले केहीवेरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रतियोगितामा मध्यम प्रर्दशन गरेको टोलीलाई स्वागतका लागि क्यानका केही पदाधिकारी पुग्नेछन् । प्रतियोगितामा नेपालले तीन जित दई हार ब्यहोरेको थियो ।
पहिलो खेलमा एकदिवसीय मन्यता प्राप्त युएईलाई हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको थियो । तेस्रो खेलमा नेपाल ओमनसँग पहिलोपटक पराजित भएको थियो ।
चौथो खेलमा हङकङलाई पराजित गरेको नेपालले अन्तिम खेलमा अफगातिस्तानसँग पराजित भएर तेस्रो स्थानमा चित्त बुझाएको थियो । प्रतियोगिताको शीर्ष चार टोलीमा परेपछि नेपालले आउदो डिसेम्वरमा हुने एसीसी च्याम्पियनसीपमा भने भाग लिन पाउनेछ ।