नेपाल अफगानीस्तानसँग १०८ रनले पराजित

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ११:११ मा प्रकाशित

Nepali-Cricket-team

काठमाण्डु, २४ वैशाख – मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तरगत आजको खेलमा अफगानिस्तानले नेपाललाई १०८ रनको अन्तरले विजय हाँसिल गरेकोछ ।
नेपालले ब्याटिङ गर्दा विचैमा पानी परेर खेल रोकिएको थियो । केहि समयपछि डकवथ लुइसको विधि अनुसार खेललाई ३२ ओभरमा सीमित पारिएको थियो र नेपालले दुई सय ३७ रनको लक्ष्य पाएको थियो । तर, अफगानस्तानले दिएको लक्ष्य नेपाले आज पछ्याउन सकेन । नेपालले एक सय २८ रन मात्र जोड्न सक्यो ।

टस हारेर व्याटिङ निम्तो पाएको अफगानीस्तानले ४९ ओभर ३ बल खेलेर २६२ रन बनाएको थियो । नेपालको लागि शक्ति गौचन र बसन्त रेग्मीले ३(३ विकेट लिए । आरिफ सेखको नाममा २ विकेट रह्यो ।

ठूलो लक्ष्य पछ्याएको नेपाली व्याट्सम्यानले आज पनि खराब प्रदर्शन दोहोर्‍याए । ओपनर सुबास खकुरेल र नरेश बुढाएर क्रमशः ८ र १० रनमा आउट भए । नेपालले ६ ओभरको पहिलो बलमा बुढाएरलाई गुमाएको थियो । जुनबेला नेपालको १३ रन मात्रै थियो ।

अफगानी बलरसामु ज्ञानेन्द्र मल्ल पनि धेरै टिकेनन् । १५ बल खेलेका उनले ११ रन मात्रै जोडे । कप्तान पारस खड्काले ३३ रन बनाए । शरद् भेषवाकर शून्यमा आउट भए । शक्ति गौचनले र सोमपाल कामीले समान १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाल यसअघि नै डिसेम्बरमा हुने दूई दिवसीय प्रतियोगिता एसीसी च्याम्पियनसिपको लागि छनोट भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us