
काठमाण्डु, २६ वैशाख – विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले पाचौं कार्यकालका लागि पनि उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
७७ वर्षीय ब्लाटरले सन् २०११ मा फिफाको अध्यक्षमा चुनिएपछि अर्को कार्यकालका लागि नउठ्ने बताएपनि अहिले भने अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
एक स्वीस पत्रिकालाई दिएको अन्तर्वातामा उहाँले आफूले पाएको जनादेश सकिएपनि आफ्नो मिसन भने अझै पुरा नभएको भन्दै फेरि उम्मेदवार बन्ने बताउनुभएको हो । फिफाको नयाँ अध्यक्षका लागि आगामी वर्षको जुनमा चुनाव हुनेछ ।
फिफाका वर्तमान उपाध्यक्ष र पूर्व उपमहासचिवलाई भावी अध्यक्षका रुपमा हेरिएपनि ब्लाटरले उम्मेदवारी दिए आफूहरु विपक्षमा नउभिने उनीहरुले स्पष्ट पारेका छन् ।