
काठमाण्डु, २८ वैशाख – नेपाल प्रिमियर लिग एनपिएलबाट दुईदिवसीय म्याच हटाउने निर्णय अनधिकृत रहेको पाइएको छ ।
एनपिएलको आर्थिक र व्यवस्थापकीय जिम्मेवारी पाएको जोहरा स्पोर्टस् म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान र एनपिएलको गभर्निङ निर्णय लिएको पाइएको हो ।
यस्तो निर्णय गर्ने अधिकार जोहरालाई छैन् । एनपीएलको अवधारणा अनुसार एकदिवसीय, टी–२० र दुईदिवसीय प्रतियोगिता आयोजना गरिने बताइएको थियो ।
जसअनुसार एकदिवसीय धनगढीमा, टी –२० विराटनगरमा र दुईदिवसीय काठमाण्डुमा आयोजना गरिने तालिका थियो । यसबारे बिहीबार बसेको गभर्निङ काउन्सिलको बैठकमा सदस्यहरुले निर्णयको चर्को बिरोध गरेका थिए ।
सोही बिषयमा क्यान एवं काउन्सिलका सदस्य नरेशकुमार श्रेष्ठ र जोहराका प्रमुख कार्यकारी आमिर अख्तरबीच हात हालहाला भएको थियो ।
जोहराले एनपीएलबाट दुई दिवसीय प्रतियोगिता हटाउनेबारे एकलौटी निर्णय गरे पनि गभर्निङ काउन्सिलले त्यसबारे केही निर्णय गरेको छैन् ।