
काठमाण्डु, २७ वैशाख – भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा किंग्स इलेभेन पञ्जाव शीर्ष स्थानमा यथावत रहेको छ ।
गएराति रोयल च्यालेन्जर बेंग्लोरलाई ३२ रनले पराजित गर्दै पञ्जाबले तालिकामा १४ अंक पुराएको हो । चेन्नई सुपर किंग्स १२ अंक सहित दोस्रो स्थानमा छ ।
१ सय ९९ रनको लक्ष्य दिएको पञ्जाबले बेंग्लोरलाई निर्धारित ओभरमा १ सय ६६ रनमा रोकेको थियो ।
प्रतियोगिता अन्र्तगत आज २ वटा खेल हुने भएका छन् ।
नेपाली समय अनुसार दिउसो सवा ४ बजे दिल्ली डेयर डेभिल्स र डेक्कन चार्जस हैदराबाद भिड्ने छन् । यसैगरी राती सवा ८ बजे मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स पनि आमने सामने हुनेछन् ।