
काठमाण्डु, २८ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले अनावश्यक हस्तक्षेप गरे प्रतिवादमा उत्रन राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई निर्देशन दिएका छन् ।
विभागइि मन्त्रीले पद छाड्न दबाब दिएको भन्दै ज्ञापन पत्र बुझाउन पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका सदस्यसचिव युवराज लामासहित परिषदका पदाधिकारीलाई उनले परिषद् नछाड्न पनि भनेका छन् । प्रचण्डले मुलुक सहमतीय राजनीतिबाट मात्र अघि बढ्न सक्ने भन्दै कार्यकाल बाँकी छँदै सत्ता पक्षले अवैधानिक तरिकाले हटाउन खोजे प्रतिवादमा उत्रन निर्देशन दिएको माओवादी खेलकुद विभाग सदस्य शिव कोइरालालले काठमाण्डु टुडेलाई बताए ।
‘उहाँले गैरकानुनी तरबले हटाउन खोजे प्रतिवादमा उत्रन निर्देशन दिनुभएको छ’, कोइरालाले भने, ‘मन्त्रीको दादागिरी प्रवृत्तिसँग डराउँदैनौ ।’ कोइरालाका अनुसार प्रचण्डले विगतमा आफूहरुको सरकार छँदा पूर्ववर्ती एमाले सरकारले गरेका राजनीतिक नियुक्ति नउल्ट्याएको बताएका थिए । उनले सोमबार बस्ने प्रमुख दलका शीर्ष नेताको बैठकमा खेलकुद क्षेत्रमा भएका हस्तक्षेतबारे विषय उठाउने पनि बताएका छन् ।
वर्तमान सरकारमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले माओवादी नेतृत्वको सरकारले नियुक्त गरेका राखेप, क्यानलगायत खेलकुद सम्वद्ध संस्थाका पदाधिकारी र सदस्यलाई हटाउन खोजेपछि लामासहितको टोली प्रचण्डलाई गुहार्न पेरिसडाँडा पुगेको हो । एमाले कोटाबाट मन्त्री भएका बस्नेतले कही साताअघि एक सार्वजनिक कार्यक्रममा झोले र बन्दुकेहरुका कारण खेलकुद क्षेत्र अस्तव्यस्त बनेको आरोप लगाएका थिए ।