
काठमाण्डु, २८ वैशाख –इंगलिश प्रिमियर लिग फुटवलको उपाधि टुंगो आज लाग्दैछ ।
उपाधि भिडन्तमा म्यानचेष्टर सिटी र लिभरपुल क्लब छन् । दुवैले एक खेल खेल्न वॉकी छ । उपाधिका लागि म्यानचेष्टर सिटीलाई प्रतिद्धन्दी टिम वेस्ट ह्याम विरुद्धको खेल बराबरी गरे उपाधि निश्चित हुनेछ ।
यता लिभरपुललाई उपाधिका लागि आफ्नो खेल जितेर मात्र पुग्दैन । वेस्ट ह्यामले सिटीलाई पराजित गरे आज राति नै हुने न्युक्यासल विरुद्धको खेलमा जित हात पारेमात्र लिभरपुलले सन् १९९० पछि पहिलो पटक उपाधि चुम्नेछ ।
८३ अंक सहित सिटी लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ८१ अंक छ । प्रतियोगिताको साविक विजेता म्यानचेष्टर युनाइटेड भने यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ ।
आज अन्तिम खेल खेल्ने न्युरिच पनि प्रतियोगितामा रेलिगेसनमा पर्ने निश्चित भैसकेको छ । फुलह्याम र कर्डिफ यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।